भारतमा सम्पन्न एसियन सभात च्याम्पियनसिपमा क्वालिटीका सुन्दर पाण्डेले हात पारे स्वर्ण पदक
६ औं एसियन सभात च्याम्पियनसिपमा नेपालका सुन्दर पाण्डेले उपाधि हात पारेका छन् । फेब्रुअरी ९ देखि १२सम्म भारतको नयाँ दिल्लीस्थित टालकटोरा स्टेडियममा आयोजना भएको च्याम्पियनशीपमा नगरकोट-६ फेदी, भक्तपुरमा अवस्थित क्वालिटी सेकेण्डरी स्कुलका कक्षा ७ मा अध्ययनरत छात्र सुन्दर पाण्डेले भारतको खेलाडीलाई पछि पार्दै गोल्ड मेडल जित्न सफल भएका हुन् । 
सेमि फाइनलमा नेपालका विश्वास भट्टराईलाई पछि पार्दै फाइनल प्रवेश गरेका पाण्डेले भारतका श्रेयश्लाई पछी पारेर गोल्ड मेडल आफ्नो पोल्टामा पारेका थिए ।
२८ खेलाडी र ६ प्रतिनिधि सहितको नेपाली सभात टोली च्याम्पियनशीपमा सहभागी भएको थियो । 
यस च्याम्पियनशीपमा नेपालले ४ स्वर्ण, ४ रजत र १४ कास्य गरी कुल २२ पदक जितेको छ । प्रतियोगितामा एसियाली राष्ट्रहरु नेपाल, इरान, उज्बेकिस्तान, चाइनिज ताइपेई, बंगलादेश, भारतलगायत देशका खेलाडीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट) तर्फ र कम्ब्याट (फुल कनट्याक्ट) तर्फ प्रतिस्पर्धा गरेका थिए ।
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै
कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
प्रतिक्रिया