भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
काठमाडौं ।
भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो । न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । ८३ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे ।
त्यस्तै श्रेयस अय्यरले ४८, केएल राउलले ३४ रन बनाए । शुभमन गिलले ३१ रन बनाउँदा विराट कोहली एक रनमा आउट भए । न्यूजीलाण्डले आजको खेलमा सात जना बलर प्रयोग गरेको थियो । जसमध्ये मिचेल सेन्टनर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो ।
यसअघि सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै सन् २००२ मा वर्षाका कारण खेल रद्ध हुँदा श्रीलंका र भारतले संयुक्त रुपमा उपाधि जितेको थिए । यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।
तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली
महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै
सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
प्रतिक्रिया