अमेरिकामा २४ घन्टामा ५८२ जनाको मृत्यु, एकै दिन २० हजार १ सय ४२ नयाँ संक्रमित थपिए

1_April

काठमाडौं ।अमेरिकामा कोरोना भाइरसका कारण २४ घन्टामा मृत्युहुने संख्या हालसम्मकै उच्च भएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा हालसम्मकै सबैभन्दाधेरै ५ सय ८२ जनाको मृत्यु भएको छ ।

विश्वभरी नै अत्यन्त आक्रामक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारणहालसम्म करिब ४१ हजार ६ सय ६१ मानिसको ज्यान गइसकेको भने ८ लाख ५० हजारभन्दा धेरैमानिसहरु संक्रमित भइसकेका छन् ।

अमेरिकामा पछिल्लो २४ घन्टामा नयाँ संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । २० हजार १ सय ४२ जना नयाँ संक्रमित थपिएको अमेरिकामा मात्रै हालसम्म १ लाख ८३ हजार ९ सय ३० जना कोरोना संक्रमित बिरामी देखिएको छ ।

हालसम्म सबैभन्दा धेरै इटालीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ भने त्यसपछि स्पेनमा ८ हजार २ सय ६९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसले अहिले विशेष गरी युरोपेली मुलुकहरुमा महामारीको रुपलिएको छ । फ्रान्स, बेलायत, नेदरल्यान्डलगायतका देशहरुमा मृतकहरुको संख्याबढ्दो क्रममा छ ।

 

Comments

Top