अमेरिकी नागरिकलाई आगामी दुई साता कठिन दिनका भोग्न तयार रहन ट्रम्पको आग्रह

3-31 trump

अमेरिकाले कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय 'निकै असहज र चुनौतीपूर्ण हुने' बताएका छन्।

उनले अमेरिका 'अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको' बताएका छन् । ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको छ।

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्।तर सुरुमा यस भाइरसलाई 'मौसमी रुघाखोकी' भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्। ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।

-बीबीसी

Comments

Top