डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

petrol

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ ।

हवाई इन्धन ९आन्तरिक उडानतर्फ० प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु ७५ तोकेको छ । यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०।९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।

Comments

Top