यी हुन् अहिलेसम्म कोभिड-१९ नभेटिएका देश तथा भूभाग (नामावलीसहित)

antartika

प्रशान्त क्षेत्रको टूभालू द्वीप रपूर्वसोभियत तुर्क्मेनिस्तानमा समानता के छ? यी दुवै गत सातासम्म कसैमा पनिकोरोनाभाइरस सङ्क्रमण पुष्टि नभएका देश तथा भूभागमा पर्छन्।

जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९, १८० भन्दा धेरै देश तथा भूभागमा फैलिसकेको छ।

बुधवारसम्मविश्वभरि १४ लाखभन्दा बढी मानिस कोभिड-१९ बाट पीडित भएका र झन्डै ७५,०००जनाको मृत्यु भएको बडताइन्छ। तीन लाख जना निको भएका छन्।तर विश्वभरि ४० वटा ठाउँमा एउटा पनि सङ्क्रमण भएको पुष्टि भएको छैन।

टूभालूजस्ता द्वीपमा जनसङ्ख्या कम छ र धेरै मानिसको आउजाउ छैन।केही अरू स्थान भने पर्यटकीय क्षेत्र हुन्। तर विश्वभरि यात्रामा प्रतिबन्ध लागेको हुनाले बाहिरबाट त्यहाँ नयाँ मानिस पुगेका छैनन्।

एकतन्त्री शासन

केही ठाउँमा भने अवस्था केही जटिल छ।तुर्क्मेनिस्तान दमनकारी शासन भएको एउटा मुलुक हो जसले 'कोरोनाभाइरस' शब्दमा नै प्रतिबन्ध लगाएको छ।अहिलेसम्म एउटा पनि घटना नदेखिएको बताउने उत्तर कोरियाको औपचारिक धारणमा पनि धेरैको द्विविधा पाइन्छ।

उत्तर कोरिया यस भाइरसबाट उच्च प्रभावित चीन देशनजिकै छ।त्यहीँबाट यो महामारी विश्वभरि फैलिएको थियो।

गृहयुद्ध

थुप्रैअव्यवस्था र अन्तर्राष्ट्रिय प्रतिबन्धले गर्दा कुनै प्रकोप हुँदा उत्तरकोरियाको स्वास्थ्य प्रणाली सहजै धराशायी हुने अनुमान गरिएको थियो।अस्थिरताले ग्रसित येमन पनि त्यस्तै स्थितिमा छ।

मध्यपूर्वमाअवस्थित येमनमा अहिले पनि युद्ध जारी छ। त्यसैले गर्दा त्यहाँ सङ्क्रमणपरीक्षण र पुष्टि गर्नेकाम निकै चुनौतीपूर्ण बनेको छ।

हूथीविद्रोहीहरूसँग सङ्घर्ष गरिरहेको छिमेकी साउदी अरबमा एप्रिल ८ सम्म २,८००भन्दा धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

केही अफ्रिकी देशहमा पनि अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन।परीक्षण गर्नेसामग्रीको अभावका कारण त्यो भएकोहुन सक्छ।

एन्टार्क्टिकाकोरोनाभाइरसमुक्त एक मात्र महादेश हो। भौगोलिक रूपमा पनि उक्त महादेशबाँकी विश्वसँग पर छ। त्योबाहेक त्यहाँ निकै कम मानिस छन्।त्यहाँ अन्तर्राष्ट्रिय अध्ययन केन्द्रमा कार्यरत केही मानिसहरू मात्र छन्। -बीबीसी

 

हालसम्म कोभिड-१९ नभेटिएका स्थान


अङ्ग्रेजी वर्णानुक्रमअनुसार

ओलन्ड द्वीप

अमेरिकन समोआ

एन्टार्क्टिका

बनेअर, सिन्ट अस्टाशियस एन्ड साबा

बूभे द्वीप

ब्रिटिश हिन्द महासागर क्षेत्र

क्रिस्मस द्वीप

कोकोस (कीलिङ) द्वीप

कमरोज

कूक द्वीप

फ्रेन्च सदर्न टेरिटरीज

हर्ड एन्ड म्याक्डोनल्ड्स द्वीप

किरबाटी

लसूटू

मार्शल द्वीप

माइक्रोनेशिया

नाउरु

नीयूए

नोर्फक द्वीप

उत्तर कोरिया

पलाउ

पिट्केअर्न द्वीप

सेन्ट हलिना

सेन्ट पिएर तथा मिकेलन द्वीप

समोआ

सोलोमन द्वीप

साउथ जोर्जा तथा साउथ स्यान्ड्विच

स्प्र्याट्ली द्वीप

स्वाल्बार तथा जेन मेअन द्वीप

ताजिकिस्तान

टोकलाउ

टोङ्गा

तुर्क्मेनिस्तान

टूभालू

यूएस माइनर आउट्लाइङ आईलन्ड्स

भानुआटु

वालिस एन्ड फुटुना आईलन्ड्स

येमन

*एप्रिल २, २०२० सम्मको विवरण

स्रोत: Johns Hopkins University

 

Comments

Top