क्रूर कोरोनाः अमेरिका सबैभन्दा बढी क्षति ब्यहोर्ने मुलुक बन्दै, हालसम्म १४ हजार ७ सय ३८ को मृत्यु

crying US
काठमाडौं । विश्वभर हजारौं मानिसहरुको ज्यान लिएर महामारीको रुपमा देखिएको कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार बढी पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ९७ जनाको मृत्यु भएपछि अमेरिकामा हालसम्म मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।

अमेरिकामा विगत एक सातादेखि दैनिक १ हजारभन्दा बढीको दरले मानिसहरुको मृत्यु भइरहेको छ । यस किसिमको लक्षणसँगै अमेरिका सबैभन्दा बढी मानवीय क्षति ब्यहोर्ने मुलुक बन्न सक्ने आँकलन गरिएको छ । हालसम्म विश्वकै सबैभन्दा बढी संक्रमित अमेरिकामा नै देखिएको छ ।

हालसम्म ४ लाख ३० हजार २ सय ७१ लाई संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै २९ हजार ९ सय ३६ जना नयाँ संक्रमित देखिएका छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।

Comments

Top