कोरोना कष्टः विश्वभर हालसम्म १५ लाख बढी संक्रमित, ८८ हजार बढीको मृत्यु (अपडेट)

Mynews_1

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमितको हुने संख्या १५ लाख बढी नाघेको छ भने मृतकको संख्या ८८ हजार भन्दामाथि पुगेको छ । पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ८२ हजार ३ सय २३ पुगेसँगै हालसम्म १५ लाख १३ हजार ३०४ जना मानिस संक्रमित भएका छन् भने ८८ हजार ४ सय ५ जनाको मृत्यु भएको छ ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा मात्रै ४ लाख ३० हजार २७१ जनामा संक्रमण देखिएको छ भने मृतकको संख्या १४ हजार ७३८ पुगेको छ ।

त्यस्तै इटालीमा हालसम्म सबैभन्दा बढी मानिसको ज्यान गएको छ । हालसम्म इटालीमा १७ हजार ६६९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ ।

इटालीमा भन्दा धेरै संक्रमितको संख्या स्पेनमा पुगेको छ । स्पेनमा हालसम्म १ लाख ४८ हजार २२० जना संक्रमित छन् भने मृतकको संख्या १४ हजार ७ सय ९२ पुगेका छन् । त्यस्तै जर्मनीमा १ लाख १३ हजार २ सय ९६ संक्रमितमध्ये २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा हालसम्म १ लाख १२ हजार ९५० जना संक्रमित देखिएकोमा १० हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै चीनमा भने संक्रमितको संख्या र मृतकको संख्या बढेको छैन । चीनमा हालसम्म ८१ हजार ८ सय २ जना संक्रमित मध्ये ३ सय ३ सय ३३ जनाको मात्रै मृत्यु भएको छ ।

Comments

Top