कोरोना कष्टः विश्वभर ९० हजार बढीको मृत्यु, भारतमा मात्र १ सय ९९ पुगे (अपडेट)

Mynews_1

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार भन्दामाथि पुगेको छ । हालसम्म १५ लाख ४१ हजार ५ सय ३८ संक्रमित भएको यस रोगका कारण सबैभन्दा धेरै अमेरिकामा ४ लाख ३६ हजार ६९६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इटालीमा हालसम्म सबैभन्दा बढी मानिसको ज्यान गएको छ । हालसम्म इटालीमा १७ हजार ६६९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ ।

इटालीमा भन्दा धेरै संक्रमितको संख्या स्पेनमा पुगेको छ । स्पेनमा हालसम्म १ लाख ५२ हजार ४४६ जना संक्रमित छन् भने मृतकको संख्या १५ हजार २ सय ३८ पुगेका छन् । त्यस्तै जर्मनीमा १ लाख १४ हजार २ सय ५७ संक्रमितमध्ये २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा हालसम्म १ लाख १२ हजार ९५० जना संक्रमित देखिएकोमा १० हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

चीनमा हालसम्म ८१ हजार ८ सय ६५ जना संक्रमित मध्ये ३ सय ३ सय ३५ जनाको मात्रै मृत्यु भएको छ । चीनमा विगत २ दिनदेखि ५७ जना नयाँ संक्रमित देखिएको हो भने २ जनाको मात्र मृत्यु भएको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएको छ । हालसम्म अमेरिकामा ४ लाख ३६ हजार ९ सय ६९ भने मृतकको संख्या १४ हजार ९ सय ९ पुगेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा मृतकको संख्या १९९ पुगेको जनाइएको छ भने संक्रमितको संख्या ६ हजार ५८८ पुगेको छ ।

 

Comments

Top