विभागद्वारा खसीको मासुमा कालोबजारी गर्ने आईकालु मिट सेन्टरलाई २ लाख जरिवाना

ikalu

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढी रहेको बेला मासुमा कालोबजारी गर्ने नयाँबानेश्वरस्थित आईकालु मिट सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले शुक्रबार नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।

आईकालुले खसीको मासु १८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको अनुगमन गर्दा फेला परेका विभागले जनाएको छ ।

यसअघि बुधबार पनि विभागले बत्तीसपुतलीस्थित एक मिट सपलाई दुई लाख रूपैयाँ नै जरिवाना तिराइएको थियो ।

 

Comments

Top