रजिया बेगमः जसले छोराको उद्धारका लागि १४ सय किलोमिटर स्कुटरको यात्रा गरिन्

Mother

तेलंगना । एक आमा जसले छोरालाई लकडाउनबाट बचाउनका लागि १४ सय किलोमिटर स्कुटरको यात्रा गरिन् । एक आमाका लागि आफ्नो सन्तानका लागि सबैभन्दा ठूलो समस्या पनि सामान्य लाग्छ, सन्तानको मायाको अगाडि कुनै पनि समस्या ठूलो लाग्दैन । त्यसको प्रमाणस्वरुप भारतको तेलगंना राज्यकी एक आमाले आन्द्रप्रदेशमा लकडाउनका कारण फसेका आफ्नो छोराको उद्धारका लागि १४ सय किलोमिटर एक्लै स्कुटर चलाएर देखाएकी छिन् ।

तेलगंनाकी रजिया बेगमले ७०० किलोमिटर स्कुटरमा यात्रा गरेर आन्द्रप्रदेशको नुल्लूरमा फसेका मेडिकल साइन्स पढ्दै गरेका छोरा मोहम्मद निजामुद्धीनलाई उद्धार गरिन् । निजामावाद जिल्लाको बोधन सहरमा बसोबास गर्दै आएकी सरकारी स्कुलकी शिक्षिका रजियाले १४ वर्षअघि आप्mना तीन सन्तानलाई गुमाएकी थिइन् ।

१५ दिन पहिला नेल्लूर गएका छोरा आउनु अगाडि नै लकडाउन लागेकोले आफ्नो छोरालाई जसरी भए पनि ल्याउनुपर्ने आवश्यकता देखेकोले ठानेकोले आफूले यस खतरा मोलेका बताइन् ।

उनले नेल्लूरमा आफ्ना नातेदार नभएको र कोरोना भाइरसको संक्रमण बढेको थाहा पाएकोले जसरी भए पनि छोराको उद्धार आफूले गर्नुपर्ने ठानेर उद्धार गरेको बताइन् ।

Mother_1

प्रहरीले ५० वर्षीया रजियालाई त्यति टाढासम्म कारको प्रयोग गर्दा उपयुक्त हुने बताए पनि आफूले. स्कुटर नै उपयुक्त साधन मानेको बताइन् । २५ वर्षदेखि स्कुटर चलाउँदै आएकी रजियाले गत सोमबार आफ्नो छोरा लिन जानका लागि घरबाट हिँडिन् र तेलंगना र आन्द्रप्रदेशको सीमामा पुगेपछि प्रहरीलाई सबै यथार्थता बताएपछि प्रहरीले जान दिएको बताइन् ।

उनले बाटोमा स्कुटरमा तेल हाल्ने बखत आराम गरेको बताउँदै त्यही समयमा आफूले पानीखाने, तेल हाल्ने लगायतका काम गरेको बताइन् ।

प्रहरीले आफ्नो सुरक्षाको चिन्ता गरेको बताइन्, किनभने रातको समयमा सुनसान हाइवेमा एक्ली महिला कसरी जालिन् भन्ने प्रहरीमा चिन्ता रहेको बताइन् । त्यसपछि नेल्लूर नजिकको चेकपोष्टमा पुगेपछि प्रहरीले आफूलाई रोकर सोधपुछ गरेको बताइन् । त्यसपछि केही खराब बाटो भएका कारण २ घन्टा त्यही बसेर छोरालाई फोन गरेर छोरा लिएर फर्किइन् ।

सोमबार बिहान ६ बजे घरबाट हिँडेकी रजिया मंगलबार बिहान ७ बजे नेल्लूरस्थित छोरा भएको ठाउँमा पुगिन् र दिनभरि आराम गरेर साँझ ४ बजे नेल्लूरबाट हिँडिन् र बुधबार दिउँसो बोधनस्थित आफ्नो घर आइपुगेको बताइन् ।

स्कुलमा काम छ भने यति लामो यात्राका बारेमा आफ्ना अन्य दुई सन्तान र आप्mना नातेदारलाई समेत केही नबताएकी रजियाले छोरासँगको भेटपछि मात्र अन्य परिवारलाई खबर दिएकी थिइन् ।
–बीबीसी

Comments

Top