विपत्तिमा विश्वविजेताः अमेरिकामा एकै दिनमा २ हजारभन्दा बढीको मृत्यु, विश्वभर १ लाख बढीको मृत्यु

crying US
काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या २४ घन्टामा २ हजार नाघेको छ । पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा गत २४ घन्टामा २ हजार १७ जनाको मृत्यु भएको छ ।

यससँगै अमेरिकामा हालसम्म १८ हजार ६ सय ९९ पुगेको छ । जुन संख्या इटालीको भन्दा १ सय ५० ले कमी हो । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको , जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।

हालसम्म विश्वभरिमा १६ लाख ९७ हजार संक्रमित भेटिएकोमा १ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्यांकअनुसार हालसम्म १६ लाख ९७ हजार ३ सय ५४ जना संक्रमित छन् भने १ लाख २ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top