क्रुर कोरोनाः अमेरिकामा संक्रमितको संख्या ५ लाख नाघ्यो, १८ हजार बढीको मृत्यु

us_1
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ५ लाख बढी पुगेका छ । हालसम्म अमेरिकामा मात्रै ५ लाख १ हजार ८ सय ८० पुगेको छ भने विश्वभर १६ लाख ९७ हजार ३ सय ५४ जना पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो २४ घन्टामा ९३ हजार ६ सय ६० नयाँ संक्रमित देखिएकोमा अमेरिकामा मात्रै ३३ हजार ३ सय १४ जना नयाँ संक्रमित देखिएका छन् ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या २४ घन्टामा २ हजार नाघेको छ । पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा गत २४ घन्टामा २ हजार १७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा हालसम्म १८ हजार ६ सय ९९ पुगेको छ । जुन संख्या इटालीको भन्दा १ सय ५० ले कमी हो ।

हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै स्पेनमा हालसम्म १६ हजार ८१ जनाले ज्यान गुमाएका छन् भने फ्रान्समा पछिल्लो दिन ९ सय ८७ ले ज्यान गुमाउँदा हालसम्म १३ हजार १ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा ९८० जनाले ज्यान गुमाएका छन् भने हालसम्म ८ हजार ९ सय ५८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म १ लाख २ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top