वीर अस्पतालबाट पनि कोरोना परिक्षण सुरु भएको छः प्रवक्ता देवकोटा

helath

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले वीर अस्पतालबाट कोरोना भाइरसको नमुना परिक्षण सुरु भएको बताएका छन् ।

नियमित रुपमा मन्त्रालयले गर्दै आएको पत्रकार व्रिफिङमा उनले हालसम्म ८ हजार क्वारेन्टाइनमा रहेको बताएका छन् । सुदुरपश्चिमका सबै क्षेत्रमा परिक्षण भइरहेको जनाएका छन् ।

कल सेन्टरको व्यवस्था गरेको उनले जनाएका छन् । काेराेना सम्बन्धी जानकारी पाउनका लागि ११३३ र १११५ नम्बरमा फोन गर्न पनि उनले अनुरोध गरे । हालसम्म कलसेन्टरकाे ३०४० ले सुविधा लिएको बताएका छन् । त्यस्तै वेबपेज, मोबाइल एपको प्रयोग गर्न पनि देवकोटाले अनुरोध गरे ।

त्यस्तै हालसम्म १ सय ८९ जना रेडजोनमा रहेको जनाएका छन् । उनीहरूकाे ट्रेसिङ गर्ने काम भइरहेको पनि उनले बताए ।

उपत्यकामा टेकु बाहेक वीरअस्पतालबाट पनि नमुना परिक्षण हुने जनाएका छन् । भोलीदेखि टेकु अस्पतालमा पनि परिक्षण सुरु हुने बताएका छन् ।

Comments

Top