कोरोनाबाट बेलायतमा स्याङ्जाका एक नेपालीको मृत्यु, हालसम्म ८ नेपालीको मृत्यु

uk

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खा  याम बहादुर मल्लको निधन भएको छ । यससँगै हालसम्म बेलायतमा ८ जना नेपालीहरूको मृत्यु भइसकेको जनाइएको छ ।

नेपालको स्याङ्जा स्थायी घर भएर बेलायतको स्वीन्डनमा बस्दै आएका मल्लको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो । 

चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना उनको उपचारकै क्रममा आज बिहान करिब तीन बजेतिर उनको मृत्यु भएको क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले बताए ।

Comments

Top