नेपालमा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टी, हालसम्म १२ जनामा संक्रमण देखियो

teku
काठमाडौं । नेपालमा थप तीन जनलाई कोरोना भाइरसको संक्रमण भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका तीन भारतीयको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा गत बिहीबार आएका २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएपछि अस्पतालले उनीहरुको स्वाब संकलन गरेर हेटौडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा पठाएको थियो ।

हेटौडामा पठाइएका मध्ये तीन जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले तीनजनालाई शुक्रबार साँझ नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखेको छ । उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन् ।

भारत उत्तर प्रदेश घर भएका उनीहरु करिब १० दिनदखि वीरगन्ज २ छपकैयाको मस्जिदमा बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई मस्जिदबाटै नियन्त्रणमा लिएर आइसोलेसनमा राखेको हो ।

हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएको हो।

1n

वीरगन्जबाट ल्याइएका तीन जानाको नमुना हेटौंडामा परीक्षण गर्दा पोजिटिभ देखिएपछि काठमाडौं पठाइएको थियो। टेकुमा पनि रिपोर्ट पोजिटिभ नै आएको एकजना सरकारी अधिकारीले बताएका छन्।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु तीनै जना भारतीय नागरिक हुन्। पछिल्लो समय उनीहरु वीरगञ्जस्थित जामे मस्जिदमा बस्दै आएका थिए।

यससँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या १२ पुगेकोछ । तीमध्ये २ जना बाग्लुङमा उपचार गराइरहेका छन् भने २ जना काठमाडौंमा र ४ जना धनगढीमा उपचार गराइरहेका छन् भने १ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments

Top