आइसोलेसनमा राखिएका दुई जना रिपोर्ट नआउँदै फरार

dadeldhura Hospital
काठमाडौं ।
कोरोना भाइरसको आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना रिपोर्ट नआउँदै फरार भएका छन् । आइसोलेसन वार्डमा रहेका डडेलधुराको भागेश्वर गाउँपालिकाका दुई जना अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीशचन्द्र विष्टले जानकारी दिए ।


उनीहरु चैत्र २५ गते कोभिड १९ को आशंकामा अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ । उनीहरु दुबै जना शनिबार अपरान्ह अस्पतालबाट कुनै जानकारी नदिइ भागेको अस्पतालले जानकारी दिएको छ ।
भाग्नेमा ४० वर्षीय एक महिला र १९ वर्षीय पुरुष रहेका छन् ।


चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो । अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ ।

 

 

Comments

Top