कोरोनाका थप ३ जना संक्रमित भेटिएपछि मन्त्रालयद्वारा थप २ रणनीति सार्वजनिक

1 Health

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आइतबार राति देखिएको ३ जनाको संक्रमणपछि मन्त्रालयले थप दुई रणनीति लिएको बताए । नियमित रुपमा मन्त्रालयले गर्दै आएको कोरोना अपडेटमा उक्त कुरा जनाएका हुन् ।

उनले हालै देखिएका ३ संक्रमितपछि सरकारले नयाँ योजना बनाएको पनि बताए । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ३७, ४४ र ५५ वर्षीय पुरुषलाई संक्रमण देखिएको बताए । उनीहरुको स्वास्थ्यस्थिति सामान्य रहेको बताए । उनले उनीहरूसँग सम्पर्क भएका अन्यको पनि कन्ट्राक्याक्ट ट्रेसिङ सुरुका लागि मन्त्रालयबाट टोली मुभ भइसकेको बताए ।

साथै उनले थप संक्रमण देखिएपछि मन्त्रालयले थप दुई वटा रणनीति अगाडि सारेको बताए । पहिलो लकडाउनको पूर्ण पालना गर्नु रहेको उनले बताए । त्यस्तै अर्को परिक्षणको दायरा बढाउने पनि उनले जनाएका छन् ।

Comments

Top