कोरोनाको सम्भावित जोखिम रोक्न एकता अपरिहार्य :पूर्वराजा शाह

Gynandra

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न एकता अपरिहार्य रहेको बताएका छन् ।

आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयू समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।
‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य छ।’

शुभकामना सन्देशमा शाहले कसैले कसैलाई निषेध गरेर गए महाभूल हुने पनि उल्लेख गरेका छन्।

gyandera-suvakamana

 

Comments

Top