कोरोना महामारी समाप्त नभएरसम्म मेरो पारिश्रमिक राहत कोषमा जम्मा गर्छुः प्रधानमन्त्री ओली

1 KP

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्मका लागि आफ्नो पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा कोरोनाको अवधिभर आफूले पारिश्रमिक नलिने बताएका हुन् ।

नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान एक भिडियो मार्फत् शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।

आवश्यक पर्दा हुनेको नहुनेहरुलाई बचाउनका लागि आफ्नो गास काटेर पनि बचाउने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध रूपमा राष्ट्रिय प्रयास रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । विश्वव्यापी संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको प्रधानमन्त्री ठहर छ ।

Comments

Top