नेपालमा थप १ मा कोरोना संक्रमण, कैलालीकी ६५ वर्षीया महिलामा कोरोना पुष्टी

Mynews_1

धनगढी । र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलालीकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीरगञ्ज नाकामा चिया बेच्ने व्यवसाय गर्ने ६५ वर्षीया  महिलामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

स्थानीय जनप्रतिनिधिले उनीसँगै अाएका १७ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ‘हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,’ लम्किचुहाका मेयर महादेव बजगाईंले बताएका छन् ।

1w

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् । तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। हाल उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेर भर्ना गरिएको छ ।

Comments

Top