भैरहवाको एक अस्पतालमा भर्ना गरिएका एक पुरुषमा कोरोना संक्रमणको आशंका

1Bhim hospital

भैरहवा । कोरोना भाइरसको आशंकामा भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना गरिएको छ । करिब १२ दिनदेखि ज्वरो आउनुका साथै खोकी र सास फेर्न समस्या भएकाले अस्पताल आएका उनलाई आइसोलेसनमा कक्षमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना संक्रमित भएको हो, होइन त्यो पुष्टि गर्नका लागि ती व्यक्तिको स्वाब मंगलबार कोरोना भाइरस  परीक्षण प्रयोगशालामा पठाइने जानकारी अस्पतालले दिएको छ ।

मायादेवी गाउँपालिकाका एक पुरुषलाई भैरहवास्थित आइसोलेसनमा कक्षमा राखिएको हो । सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन आएका उनको लक्षण कोरोना संक्रमणको लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।



Comments

Top