नेपालमा १४ औं संक्रमित फेला परे, रौतहटका १९ वर्षीय युवकमा कोरोना पोजेटिभ

Mynews_1

काठमाडाैं । रौतहटमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिने पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको थियो । त्यसअघि कैलालीकी एक महिलामा पनि कोरोना भाईरस संक्रमण पोजेटिभ देखिएको बताइएको थियो ।

हालसम्म १० हजार ९८२ को कोरोना परिक्षण गरिएको पनि उक्त अवसरमा जानकारी दिइएको छ ।

Comments

Top