पेप्सीकोला सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोना पोजेटिभ !

Suncity

काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ सनसिटी अपार्टमेन्ट पेप्सीकोला वस्ने २ जना महिला र १ जना पुरुषमा र्यापिड टेस्टबाट कोरोना पोजिटिभ देखिएको जानकारी प्राप्त भएको छ । तीमध्ये २ जना चैत ५ गते बेलायतबाट नेपाल आएको प्रहरीले जनाएको छ ।

एकै परिवारका उनीहरू सनसिटी अपार्टमेन्टको ब्लक ए को १६ औँ तल्लामा बस्दै आएकाे जनाइएको छ ।

पुनः परिक्षणको लागि ३ नै जनालाई पाटन अस्पताल पठाईएको प्रहरीले जनाएको छ । पाटन अस्पतालमा तीनै जनाको पिसिआरबाट परीक्षण गर्ने तयारी गरिरहेको छ। र उनीहरू त्यही भर्ना भएको जनाइएको छ ।

हाल सनसिटी अपार्टमेन्टमा प्रहरीले सिल गरेर अन्यको पनि परिक्षण गर्ने तयारी गरिराखेको प्रहरीले जनाएको छ ।

Comments

Top