सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण 'पोजेटिभ', एक जनाकाे रिपाेर्ट आउन बाँकी

Suncity

काठमाडौं । नेपालमा कोरोना संक्रतिको संख्या २ थपिएको छ । सोमबार राजधानीको सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन जनामध्ये २ जनाको पोजेटिभ देखिएको र एक जनाको रिपोट नआईसकेको जनाइएको छ ।

ययसँगै नेपालमा कोरोना पोजेटिभको संख्या १६ पुगेको छ । ती मध्ये १ जना उपचार पछि घर फर्किएका छन् भने बाँकी १५ जना अस्पतालमै उपचाररत छन् ।

Comments

Top