सनसिटी अपार्टमेन्ट कोरोना प्रकरणः आमा र छोरामा कोरोना संक्रमण पुष्टी, बुहारीको रिपोर्ट आउन बाँकी

health

काठमाडौं । नेपालमा कोरोना संक्रतिको संख्या २ थपिएको छ । सोमबार राजधानीको सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका आमा र छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

सोमबार राजधानीको सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएकामध्ये २ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थमन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन जनामध्ये २ जनाको पोजेटिभ देखिएको र एक जनाको रिपोट नआईसकेको जनाइएको छ । एकै परिवारका ३ जना अस्पताल भर्ना भएका मध्ये छोरा र बुहारी बेलायतबाट फर्किएका हुन् ।

ययसँगै नेपालमा कोरोना पोजेटिभको संख्या १६ पुगेको छ । ती मध्ये १ जना उपचार पछि घर फर्किएका छन् भने बाँकी १५ जना अस्पतालमै उपचाररत छन् ।

Comments

Top