लकडाउन वैशाख १५ गतेसम्म बढाउने सरकारको निर्णय

lockdown extension meeting
काठमाडौं।
सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउनलाई वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १५ वैशाखसम्म बढाउने निर्णय गरेको हो ।
पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि थपिएको थियो । भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो।
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज म‌ंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ।

पहिलो कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् भने अन्य १५ जनाको अहिले उपचार भइरहेको छ ।

 

Comments

Top