कोरोना कष्टः अमेरिकामा मात्र २६ हजारबढीको मृत्यु, ६ लाख बढी संक्रमित

us_1
काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा मात्र मृत्यु हुने मानिसको संख्या २६ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २६ हजार ४७ जना मानिसको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा हालसम्मै धेरै मानिसको मृत्यु भएको छ । उक्त अवधिमा मात्र २ हजार ४ सय ७ जनाको मृत्यु भएको जनाइएको छ ।

पछिल्ला दिनमा अमेरिकामा अत्याधिक रुपमा संक्रमित र मृतकको संख्या बढन थालेको छ । यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ६ लाख भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा मात्र ६ लाख १३ हजार ८ सय ८६ जनाकालाई संक्रमण देखिएको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर करिब २० लाख पुगेको छ । पछिल्ला दिनमा नियन्त्रणमा आइसकेको भनिएको चीनमा पनि संक्रमितको संख्या बढ्न थालेको छ ।
पछिल्लो २४ घन्टामा मात्र ७४ हजार १२ जना संक्रमित बढेका छन् । हालसम्म विश्वभर १९ लाख ९७ हजार ८६० जना संक्रमित देखिएका छन् । त्यस्तै हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ५ सय ९९ पुगेको छ ।

Comments

Top