सनसिटीमा बस्नेको र्यापिट टेष्ट सुरु, आज २ सय ४२ को गरिने

Suncity

काठमाडौं । राजधानीकाे पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसाेबास गर्ने २ जनालाइ कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि त्यहाँ बसाेबास गर्ने सबैको कोरोना  भाइरसको परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको जनाइएको छ ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो दिन ‘ए’ ब्लकका २४२ जनाको परीक्षण गर्न कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको पनि थापाले जानकारी दिए ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

 

Comments

Top