लकडाउनमा बन्द कोठाबाट बा आमालाई एउटा चिठी !

 ganesh

प्रिय बुबा आमा एकान्तबासबाट नमन !

आमा दिनको उज्यालोमा त हाँस्छु बोल्छु सामाजिक सन्जालमा भुल्छु , जब जब रात पर्छ अनी घर परिवार, आफन्त, सहकर्मी साथीहरू, आम जनता, देशको परिस्थिति, जागीर, अनि आफ्नो काम गर्ने संस्थाको धरै सोचाइ आउँछ।

भनिन्छ हुने हार दैब नटार तर बिश्वलाई नै आतंककारी सैलिमा आक्रमण गर्ने अदृश्य शत्रु कोरोना सग सबैको लडाइँ लाई साथमा साथ भै हाम्रो देश ले पनि लडाइँको मैदानमा हुमिएको छ। यो जीत हाम्रो हातमा छ जबकी हामी घरबाट बाइर ननिस्किइ सरकारको नियम पालना गर्‍यो भने मात्र यो सम्भावना हुन्छ ।

आमा आजको दिन सम्म म खुशी नै छु भोलि झन् खुसीमा रमाउने दिनको शुरुवात हुने छ जब सम्म हामी बुझ्ने कोसिस गर्ने छौ। आमा दिन बिताउन निकै गाह्रो छ म जनताको सेवक, आफ्नो संस्था प्रति निकै राम्रो चाहने म आज बन्द कोठामै रुमली रहेको छु।

पल पल सुर्यको किरण हेर्दै दिन अनि चकमन्न रातमा ताराको चमक खोज्ज्दै एउटा सानो कोठाबाट नियालि रहेको छु। के गर्नु आमा खानाको जोहो गर्दै, दिनमा खाने खाजाको कटौती गर्दै सरकारलाई साथ दिदै छु। थोरै मात्रामा खाने कुरा साचेको छु, जागीरमा नजादाको पीडा, आफन्त भेट्न नपाएको पीडा, अनि सयौं दाजुभाइ भोक भोकै थोत्रा चप्पल सगको पाइलामा यो शहरबाट गन्तव्यको खोजीमा हिँड्दै गरेको देख्दा, ऊनीहरुको गहभरि भरिएको आशुले मेरो आँखा रसाएका हुन्छन् ।

आमा याद आफ्नो होईन आरुको आउछ, माया आफ्नो होइन घर परिवार, समाज र देशको लाग्छ अनि सबै लाई बचाउन म पनि साबुनपानीले हात धुदै एकान्तवास मा छु हजुरहरु नी साबुन पानीले हात धुदै सबैभन्दा खुशी हुनु है।

उही हजुरहरुको छोरा

 

Comments

Top