कोरोना कारण नरसंहार केन्द्र बन्दै अमेरिका, हालसम्म ३३ हजार बढीको मृत्यु

crying US

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३३ हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

विश्वभरिको जनसंख्यासम्बन्धी वेबसाइट वर्डोमिटरको ताजा तथ्यांकअनुसार अमेरिकामात्रै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३३ हजार ३ सय १३ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा २ हजार ७ सय ६३ जनाले ज्यान गुमाएको तथ्यांकमा सार्वजनिक गरिएको छ । यो अहिलेसम्म कुनै पनि मुलुकले २४ घन्टामा गुमाएको बढी संख्या रहेको पनि उल्लेख गरिएको छ ।

यो तथ्यांक नेपाली समयानुसार बिहीबार साँझसम्मको हो । त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख ५० हजार भन्दा बढी पुगेको छ ।

कोरोना भाइरसबाट बिहीबार बिहानसम्म संक्रमित हुने ६ लाख ५१ हजार १ सय ६५ पुगेको पनि सो तथ्यांकमा उल्लेख गरिएको छ ।

ताजा तथ्यांक अनुसार विश्वभर २१ लाख १५ हजार ९ सय ५६ संक्रमित भेटिएको भने १ लाख ४१ हजार ८ सय १ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि धेरै ज्यान गुमाउनेमा क्रमशः इटाली, स्पेन, फ्रान्स र बेलायत छन् । इटालीमा हालसम्म २१ हजार ६ सय ४५, स्पेनमा १९ हजार १ सय ३०, फ्रान्समा १७ हजार १ सय ६७ र बेलायतमा १३ हजार ७ सय २९ले ज्यान गुमाइसकेका छन् ।

Comments

Top