बेलायतमा ३ साता लकडाउन थप्ने घोषणा, हालसम्म १३ हजार बढीको मृत्यु

briten

लन्डन । बेलायतका कोरोना भाइरसविरुद्धको लकडाउन ३ साताका लागि बढाइएको छ । विदेशमन्त्री डोमिनिक रावले एक सम्बोधन गर्दै कोरोना भाईरसको फैलनबाट रोक्नका लागि कम्तीमा तीन साताका लागि देशभर लकडाउन थपिएको घोषणा गरेका छन् ।

बिहीबार भएको पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिनुभनेको आम जनताको स्वास्थ्यमा असर पर्नु भएको बताउँदै अर्थव्यवस्था पनि खतरामा पर्न सक्ने बताए ।

प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्रीको कार्यभार सम्हालेका विदेशमन्त्री डोनमिकले जनअपेक्षाअनुसार संक्रमणलाई नियन्त्रण गर्न नसकेको बताए । उनले भने, ‘अहिलेसम्म हामीले अपेक्षा गरेअनुरुप संक्रमणको दर घटाउन सकेका छैनौं ।’ यसअघि बेलायतमा मार्च ६ देखि लकडाउन घोषणा गरिएको थियो ।

अहिलेसम्म बेलायतमा १ लाख ३ हजार ९३ जना संक्रमित भेटिएका छन् भने १३ हजार ७ सय २९ भन्दा बढीको मृत्यु भइसकेको छ ।

 

Comments

Top