न्यूयोर्कमा १५ मे सम्म लकडाउन, सार्वजनिक सवारीमा मास्क लगाउन अनिवार्य

kumo

न्यूयोर्क । न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्यूयोर्क राज्यमा कोरोनाभाइरस शटाडाउन मे १५ सम्म लम्बाएका छन् । न्यूयोर्क राज्यमा विगत १० दिनमा मृतकको संख्यामा कमी हुँदै आएपनि उल्लेख्य प्रगति नभएसम्म प्रतिबन्ध हटाउन नसकिने बताएका छन् ।

संक्रमण दरमा कमी नआएसम्म शटडाउन नहटाइने कुमोले बताएका छन् । यसैबीच न्यूयोर्क सिटीका अधिकारीहरुले मेका लागि तय भएका सबै कार्यक्रमहरु रद्द गरिएको जनाएका छन् ।

कुमोका अनुशार न्यूयोर्क राज्यमा अहिलेसम्म १२ हजार १ सय ९२ को मृत्यु भएको छ । जसमध्ये पछिल्लो दिनमा ६०६ जनाको मृत्यु भएको र यो संख्या विगतको तुलनामा कम भएको जनाइएको छ ।

तीनदिनको औषतमा अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्यामा पनि २ प्रतिशत कम भएको कुमोले जनाएका छन् । कुमोले न्युयोर्कबासीहरुले सामाजिक दुरी कायम गर्न नसक्ने स्थानमा अनुहार छोपेरमात्र सार्वजनिक स्थलमा जानुपर्ने नियमलाई पनि लम्बाएका छन् ।

उनले ट्वीटमार्फत् सार्वजनिक यातायात र भाडाका सवारीमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि बताएका छन् ।

 

Comments

Top