नेपालमा एकै दिन १४ संक्रमित थपिए, १२ जना उदयपुर र २ जना चितवनका आमा छोरा भएकाे जानकारी

Mynews_1

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना संक्रमणमा पोजेटिभ रिपोर्ट देखिएको जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् । ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् भने शुक्रबार अर्का एक बिरामी पनि अस्पतालबाट डिस्चार्ज  भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित