कोरोना कष्टः विश्वभर २२ लाख भन्दा बढी संक्रमित, डेढलाख बढीको मृत्यु

world-corona

काठमाडाैं । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३७ हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

विश्वभरिको जनसंख्यासम्बन्धी वेबसाइट वर्डोमिटरको ताजा तथ्यांकअनुसार अमेरिकामात्रै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ । त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ।

विश्वभर कोरोना भाइरसबाट हालसम्म २२ लाख ४८ हजार ५ सय ३९ जना संक्रमित भएका छन् भने १ लाख ५२ हजार ८ सय ५५ जना मानिसको मृत्यु भएको छ ।

अमेरिकापछि धेरै ज्यान गुमाउनेमा क्रमशः इटाली, स्पेन, फ्रान्स र बेलायत छन् । इटालीमा हालसम्म २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६ सय ८१ र बेलायतमा १४ हजार ५ सय ७६ ले ज्यान गुमाइसकेका छन् ।

 

Comments

Top