विपत्तिमा विश्वमहारथीः अमेरिकामा ३७ हजार बढीको मृत्यु, संक्रमितको संख्या ७ लाख नाघ्यो

crying US

न्यूयोर्क । कोरोना भाइरसबाट मर्नेको संख्या अहिलेसम्म अमेरिकामा ३७ हजार नाघेको छ। अमेरिकामा पछिल्ला ५ दिनमा लगातार २ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइरहेका छन्।

वल्र्डोमिटरडटकमको अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार १ सय १५ पुगेको छ। शुक्रबार सबैभन्दा बढी मृत्यु क्यालिफोर्निया राज्यमा भएको छ। त्यहाँ एक हजार जनाको मृत्यु भएको छ।

अमेरिकामा संक्रमित संख्या ७ लाख नाघेको छ। बिहीबार एकैदिन अमेरिकामा ३१ हजार ४ सय २५ नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा एकैदिन सबैभन्दा बढी संक्रमित अप्रिल १० मा भेटिएका थिए। उक्त दिन ३५ हजार ७ सय १५ जना संक्रमित भेटिएका थिए।

यसैबीच न्यूयोर्कका १४ नर्सिङ होमहरुमा २५ भन्दा बढी संख्याको दरले मृत्यु भएको जनाइएको छ ।

 

Comments

Top