कोरोनाबाट अफ्रिकामा ३ लाख मान्छेले ज्यान गुमाउन सक्नेः डब्लूएचओ

africa

राष्ट्र सङ्घीय अधिकारीहरूले यो महामारीले अफ्रिकामा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिसहरू गरिबीतर्फ धकेलिने बताएका छन्।

गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो।

त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ। अहिलेसम्म त्यो सङ्ख्या युरोप र अमेरिकाको भन्दा निकै कम हो।

अफ्रिकाका लागि राष्ट्र सङ्घीय आर्थिक आयोगले त्यहाँ तीन लाख सम्म मान्छेको ज्यान जान सक्ने भन्दै सो महादेशको लागि बाह्य ऋण भुक्तानी स्थगनसहित करिब एक सय अर्ब डलरको सहायताको आह्वान गरेको छ।

डब्ल्यूएचओका अनुसार भाइरस अफ्रिकी देशका राजधानी बाहिर फैलन सुरु भएको छ। अफ्रिकी महादेशमा महामारीसँग जुझ्न भेन्टिलेटरको अभाव भएको पनि उसले औँल्याएको छ।

अफ्रिकाको एक तिहाइ भन्दा बढी जनसङ्ख्याको खानेपानीमा पहुँच छैन र शहरका करिब ६० प्रतिशत जनसङ्ख्या भिडभाडयुक्त झुपडबस्तीहरूमा बस्छन्( जुन भाइरस फैलिनका लागि उपयुक्त अवस्था बन्न सक्छ।

अफ्रिकाको जनसङ्ख्या १।३ अर्ब छ जसमध्ये १९ हजार जनामा सङक्रमण पुष्टि भइसकेको छ भने ९७० जनाको मृत्यु भइसकेको छ। उत्तरी अफ्रिका सबभन्दा नराम्ररी प्रभावित क्षेत्र हो। अल्जेरिया, इजिप्ट र मोरक्कोमा २००० जनामा सङ्क्रमण पुष्टि भएको छ।

दक्षिण अफ्रिकामा २०००मा सङ्क्रमण पुष्टि भएको छ र ४८ जनाको ज्यान गएको छ। यो महादेशको सबभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा ४४२ जनामा सङ्क्रमण पुष्टि भएको छ र १३ जनाको मृत्यु भएको छ।

डब्ल्यूएचओका अफ्रिका निर्देशक डा। मातशिडिसो मोइटीले बीबीसीका स्वास्थ्य संवाददातालाई अन्तर्राष्ट्रिय यात्रा कारक रहेको बताइन्। उनले भनिन्, ूअफ्रिकाका मानिसहरू तुलनात्मक रूपमा थोरै मात्र अन्तर्राष्ट्रिय यात्रा गर्छन्।

तर भाइरस अफ्रिकामा पुगिसकेकाले उनको संस्थाले अरूतिर जस्तै अब द्रुत गतिमा भाइरस फैलिन्छ भन्ने धारणा अनुसार काम गरिरहेको छ। -बीबीसी

 

Comments

Top