अमेरिकामा ज्यान गुमाउनेको संख्या ३९ हजार बढी, विश्वभर १ लाख ६० हजारले ज्यान गुमाए

us_1

न्यूयोर्क । कोरोना भाइरसबाट मर्नेको संख्या अहिलेसम्म अमेरिकामा ३९ हजार नाघेको छ। अमेरिकामा पछिल्ला ६ दिनमा लगातार २ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइरहेकोमा गत २४ घन्टामा १ हजार ८ सय ६७ जनाले ज्यान गुमाएका छन्।

वल्र्डोमिटरडटकमको अनुसार अमेरिकामा हालसम्म संक्रमित ७ लाख नाघेको छ। बिहीबार एकैदिन अमेरिकामा २९ हजार ५७ जना अमेरिकामा नयाँ संक्रमति देखिएका छन् ।

सबैभन्दा बढी संक्रमित अप्रिल १० मा भेटिएका थिए। उक्त दिन ३५ हजार ७ सय १५ जना संक्रमित भेटिएका थिए। हालसम्म अमेरिकामा मात्रै ७ लाख ३८ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।

हालसम्म विश्वभर २३ लाख ३० हजार १ सय ५० संक्रमित छन् भने १ लाख ६० हजार ६ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top