कोरोना कष्टः भारतमा संक्रमितको संख्या बढ्दै, हालसम्म ५२१ जनाको मृत्यु

ind

काठमाडौं । विश्वभरि १ लाख ६० हजारभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसबा मर्नेको संख्या अहिलेसम्म भारतमा ५ सय नाघेको छ । पछिल्ला दिनमा लगातार बढीरहेको भारतमा संक्रमितको संख्या १५ हजार कटेको छ भने ५ सय बढीले ज्यान गुमाइसकेका छन् ।

वल्र्डोमिटरडटकमको अनुसार भारतमा हालसम्म १५ हजार ७ सय २२ जना संक्रमित भएका छन् भने ५ सय २१ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा ३९ हजार १४ जनाले ज्यान गुमाएका छन् भने त्यसपछि इटाली, स्पेन, फ्रान्स र बेलायतले गुमाएका छन् । इटालीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ । स्पेनमा २० हजार ६ सय ३९, फ्रान्समा १९ हजार ३ सय २३ र बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर २३ लाख ३० हजार १ सय ५० संक्रमित छन् भने १ लाख ६० हजार ६ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top