कोरोना कारण पञ्जाब पुलिसका एसीपीको मृत्यु

panjab

पञ्जाब । भारतमा पछिल्ला दिनमा बढ्दै गएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । यसै क्रममा पञ्जाब पुलिसका एसीपीको पनि कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

लुधियाताका एसीपी अनिल कोहलीको अपोलो अस्पतालमा कोरोनाको उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केही दिन पहिला उनमा पोजेटिभ देखिएको मुख्यमन्त्री अमरिन्दर सिंहले जनाएका थिए । उनले कोहलीको मृत्युमा दुःख समेत व्यक्त गरेका छन् ।

mukh

पछिल्ला दिनमा कुनै पनि बाहिरि मुलुकको भ्रमण नगरेको जनाइएका ५२ वर्षीय एसीपीमा प्लाज्मा थेरापी गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको थियो ।

अहिले उनका परिवारको पनि परिक्षण गरिएको जनाइएको छ ।

हालसम्म १५ हजार ७ सय २२ जना संक्रमित भएका छन् भने ५ सय २१ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top