बेलायतमा पछिल्लो २४ घन्टामा ८८८ जनाको मृत्यु, हालसम्म १५ हजार बढीको मृत्यु

UK

लन्डन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८८८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ ।

एकै दिन ५ हजार ५२५ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २१७ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म विश्वभर २३ लाख ३० हजार १ सय ५० संक्रमित छन् भने १ लाख ६० हजार ६ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

 

Comments

Top