भोलिदेखि भारतमा लकडाउनका नयाँ नियम, हेर्नुहोस् के–के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

india_1

नयाँदिल्ली । भारतमा भोलिदेखि लकडाउनसम्बन्धी नयाँ नियम सार्वजनिक गरिएको छ । विश्वभर कोरोना भाईरसका कारण लाखौं मानिसले ज्यान गुमाइरहेको अवस्थामा भारतमा पनि दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढ्दै गएको छ ।

यसै सन्दर्भमा भारतले अप्रिल २० देखि लागू हुने गरि नयाँ नियम सार्वजनिक गरेको छ । जसअन्तर्गत केही विषयहरुमा खुल्ला र केहीमा कडाई गरिने जनाइएको छ । भारतमा मे ३ सम्मका लागि सबै हवाई यात्रा, रेल, मेट्रो यात्रा बन्द गरिएको पनि उल्लेख गरिएको छ ।

खुल्ला गरिने
– कृषिसँग सम्बन्धित गतिविधि सुरु गर्ने अनुमति
– स्वास्थ्यसँग सम्बन्धित सबै चिज चालू हुनेछ
– कृषिसँग सम्बन्धित सामान, मेसिनरी सामान, सप्लाई गर्न पाइनेछ
– औषधी बनाउने कम्पनी र मेडिकल सामान बनाउने कम्पनी खुल्नेछ
– चिया, कफी र रबर प्लान्टेसनसम्बन्धी काममा अधिकतम ५० प्रतिशत कामदारलाई काम गराएर सञ्चालन गर्न सकिने
– तेल, ग्याससँग सबै गतिविधि चालू रहनेछ
– पोस्टल सर्भिस जारी हुनेछ र पोस्ट अफिस खुल्ला हुनेछ
– गाईफाम र जनावरको सेल्टर होम खुल्ला हुनेछ
– दैनिक उपभोग्य सामाग्रीको आपूर्ति हुनेछ
– निर्माण कार्यका लागि अनुमति दिइनेछ
– हाइवेका ढावा, ट्रक मर्मत केन्द्र खुल्नेछ
– इलेक्ट्रिसियन, आईटी रिपेयरिङ, प्लम्बर, मोटर मेकानिक, कार्पेन्टरलगायतलाई काम गर्ने अनुमति दिइनेछ
– सामाजिक दूरी राख्दै ग्रामीण इलाकाका उद्योग सञ्चालन हुनेछ
– केन्द्रीय सरकारका सबै कार्यालय खुल्ला हुनेछ
– सार्वजनिक स्थानमा मास्क वा अन्य केही वस्तुहरुले अनुहार छोप्नुपर्दछ
– पीडीएस, फलफूल, औषधी, खाद्यान्न, दूध, माछा पसलहरु खुल्नेछ
– बैंक र एटीएम खुल्ला हुनेछ
– शेयरबजार खुल्ला हुनेछ

जुन सेवा बन्द हुनेछ
– रेल, मेट्रो, सडक र हवाई यात्रा तीन मे सम्म बन्द हुनेछ
– सपिङ मल, सिनेमाघर, अडिटोरियम, रंगशाला, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार, जिम, रेष्टुरेन्ट बन्द हुनेछ
– स्कुल, कलेज र सबै शिक्षण संस्थाहरु तीन मेसम्म बन्द हुनेछ
– मन्दिर, मस्जिद, गुरुद्वार, चर्च र अन्य धार्मिक स्थलहरु बन्द हुनेछ, यसका लागि कुनै पनि धार्मिक कार्यक्रम आयोजना गर्न पाइनेछैन
– विवाह, सार्वजनिक कार्यक्रम, सामाजिक उत्सव, सांस्कृतिक कार्यक्रम, सेमिनार, राजनीतिक कार्यक्रम, खेल प्रतियोगितामा रोक लगाइएको छ
– अन्तिम संस्कारमा २० जना भन्दा बढी व्यक्तिको उपस्थिति हुन पाइनेछैन ।

Comments

Top