आफ्नै पिताको अन्त्येष्टिमा उपस्थित नहुने मुख्यमन्त्री योगीको कठोर निर्णय

yogi

उत्तरप्रदेश । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै पिताको अन्त्यष्टिमा पनि उपस्थित नहुने भएका छन् ।

कठोर धार्मिक स्वभावका आदित्य आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ ।

लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण आफु पिताको अन्त्येष्टिमा सहभागी हुन नसक्ने उनले बताएका छन् । मृतक विष्टको अन्त्येष्टि मङ्गलबार गरिने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री योगीका पिता आनन्द सिंह विष्टको सोमबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

उत्तर प्रदेशका अतिरिक्त मुख्यसचिव आश्विन कुमार अवस्थीले मुख्यमन्त्री योगीका पिता विष्टको स्थानीय समय अनुसार विहान १०।४४ बजे निधन भएको जानकारी दिएका छन् ।

उनको अन्त्येष्टिमा मलामीहरुको सङ्ख्या पनि न्युन गराउन जोड दिएको पनि मुख्यसचिव अवस्थीले बताए ।

त्यसैगरी उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेलले मुख्यमन्त्री योगीलाई पितृशोक परेकोमा दुःख व्यक्त गरेका छन् ।

त्यसैगरी अन्य शीर्ष नेता तथा सरकारका उच्च अधिकारीहरूले पनि विष्टको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

Comments

Top