आमा स्मृतिका छालमा

Subedi_1

 

अर्ति बुद्धि आर्शिवाद दिँदै रमाइलो गर्दै थियौ

अन्तिम गास खुवाउँला भन्ने रहिछ पेटभरी खान दियौ ।

हाँडो, ठट्टा रमाइलो गरी ममता दर्शाउँथ्यौ

आफ्ना दुःख पीडा लुकाउँदै हामीलाई हसाउँथ्यौ ।।

 

आड भरोसा दह्रो थियो ठूलो खम्बा थियौ धरोहर

जाने समय यति छिटो होला भन्ने तिम्लाई नी के थाहा भो र ?

आशा, भरोषा आस्थाको दियो निभ्ला भन्ने के थियो र

भवितव्य भन्ने यही होला गर्नै पर्यो स्वीकार ।।

 

ठूलाघरे परिवारकी ठुली गयौ आज निम्छरो पारेर

बिलौना गरेका छन् तिम्रा प्रिय मनले सुन्दिनौ गुनासो गरेर।

आफ्ना लालाबाला त हुर्कायौ यति मात्र कर्तव्य थियो र

धर्तिका कलिला मूनाहरु कोही फक्रदैं थिए कोही उर्वर ।।

 

सबैको खुशी र प्रगति अब सुरु हुँदै थियो

जति दुःख पीडा सह्यौ अब बाँकी हाम्रो काँधमा थियो ।

मिठो मसिनो शरीरमा अब बोझ हुँदै थियो

आफ्ना सारा इच्छा अधुरा रहिगए संसार कहाली लाग्दो भयो ।।

 

साँवाभन्दा ब्याजको माया धेरै भन्दै दुःख गर्यौ

आज तिन्को खुशी देख्ने बेला सन्सार चिम्ली गयौ ।

आकाश खसेजस्तो धर्ती फाटेजस्तो भयो यो पल

प्रत्येक सेकेन्ड तिम्रै यादले गर्दछ मुटु हलचल ।।

 

तिम्रो छत्र छाँया हुँदा पानी दिए पनि भोक मर्दथ्यो

चौरासी ब्यञ्जन समीपमा भए पनि यो पेट खाली भयो ।

रहर मनका सबलाई छिपाई सन्तानका खातिर हाँस्यौ

तिम्लाई साथ दिने हामी सब थियौं तर आज कहाँ गयौ ?

 

दुःख मन पोल्छ छाती ज्वारभाटा चलेसरी

ति, बाबा, भाई बैनी, छोराछोरीको चित्त बुझाउँला म कसोरी।

पुस महिनाको कठाङ्ग्रीने जाडो छल्दै गएकी थियौ

झुक्यायो पापी दैवले नबिउझिनेगरी आँखा चिम्लियौ ।।

 

ठिक्ने बुभ्mने बुझाउने हुँदै तिम्रा बगैंचाका कोपीला

ढकमक्क फूली बगैंचा हराभरा भएको हेर्न थियौ आतुर ।

के गरी मन थामेका होला तिम्रा ति आँखाका नानीले

सपना झैं बिऊँझाएको होला यी आँखाको पानीले ।।

 

आखिर यो चोला नाश्वर छ भन्ने सर्बलाई थियो

तर अधवैंशे उमेरमा चुँडी लग्यो ठूलो चोट मुटुमा दियौ ।

सकारात्मक सोच राख्थ्यौ सबैको भलो ठानी

तिम्रा नातागोता आफन्तजनले सम्झन्छन् नराम्रो मानी ।।

 

रोग लाग्यो शरीर गल्यो तर आत्मबल उच्चथ्यो

कसैको केही लाग्दोरहेनछ सबगोक यसले जिती गयो ।

पत्याउनै सकिएको छैन यो के लीला हो दैवको

मामाघर गएर फर्किँदै छौ कि भन्ने आशा मनमा रैगयो ।।

 

मिल्छ भने हे ईश्वर एकपटक दर्शन गर्न दे

अन्तिम इच्छा यो पलको एक घुट्को पानी पिलाउन दे ।

सबैजना समीपमा हुँदा पनि किन चीर निद्रामा पर्यौ

यस्तो सजाय भोग्न बाध्य भइयो लाग्छ के अपराध गर्यौं ?

 

जानेलाई त सहज भयो होला बाँच्नेलाई हुने पीडा

त्यो मन कति जल्यो होला भयो होला छिया छिया ।

चित्त बुझाउन खोज्छन् जनले बुभ्mदैन यो पापी मन

थियौ समीपमा, सबै, थियो धन सकिएन ओखती दिन ।।

 

रामछाँया पारी गयौ यो जीवनमा फेरी बहार आउला र ?

दुईसय प्रतिशतमा मिल्थ्यो ऊर्जा अब त कति नै होला र ?

तिम्रो इच्छा थियो गएका आउने भए फिर्ता ल्याउँथे भन्थ्यौ

त्यही अवस्था हामीलाई प¥यो तिमीले यो के गर्यौ ।।

 

तिम्रो त्यो आधा शरीर मेरो पनि होइन र

के अपराध भयो मबाट के माफी मैले पाउन्न र?

जीन्दगी भरमा नमेटिने छाप छाडेर गयौ

तिम्रो देह त्याग मेरा नगीचमा हुनुपर्ने के यस्तो माया गर्यौ ?

 

सबैलाई डाहा लाग्ने गरी गर्यौ माया बेसरी

त्यही माया आज मेरो भरोसा भयो बाँचौं अब कसोरी ।

आखिर दिनु पर्ने त केही थिएन सन्तान सक्षम थियौं

तै पनि तिम्रो ममता टुट्यो जीन्दगीभर टुहुरा भयौं ।।

 

गाह्रो हुँदोरहेछ सहन पीडा यस्तो नहोस् कतै

सारा गाऊँ, जगत रोएको छ सम्झाउन सक्दैन कोही ।

एक वचन मात्रै काफी हुन्थ्यो तिम्रो अभाव भयो

टुट्यो मातृवात्सल्य बढ्यो मुटुको चाल जिउन गाह्रो भयो ।।

 

पुकार गर्छु तिम्रो ढाडसले अघि बढ्न प्रेरणा मिलोस् भनि

देउ आशिष प्रगति पथमा लम्कने साहस आओस् भनि ।

छैनौ केवल तिमी, सब चिज छ जगत्मा देख्दिन केही पनि

यी हाता जोडेर गर्छौं याचना स्वर्गमा बास होस् भनि ।।

Comments

Top