तथ्यांकमा कोरोनाः अमेरिकामा भन्दा पूरा एशियामा एक तिहाइभन्दा कमको मृत्यु, आधामात्र संक्रमित

tathyanka

काठमाडौं । कोरोना भाइरसका कारण युरोप र उत्तर अमेरिकी मुलुकमा मात्र १ लाख ७८ हजारभन्दा बढीको ज्यान लगीसकेको कोरोनाले उद्गमस्थल एशियामा भने हालसम्म १६ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । एसियाको हालसम्म तीन देशमा मात्र १ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसमा पनि इरानमा सबैभन्दा धेरै ५ सय ६ सय ५०, चीनमा ४ हजार ६ सय ३२ र टर्कीमा २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ ।

तथ्यांकलाई हेर्दा अमेरिका एउटा देशमा भन्दा पुरै एसियामा एक तिहाइ भन्दा कमको मृत्यु भएको छ । इटाली, स्पेन, फ्रान्स र बेलायतमा भन्दा पनि धेरै कम संख्यामा एसियाले ज्यान गुमाएको छ । संक्रमित संख्या पनि अमेरिका एउटा देशमा भन्दा पुरा एसियामा आधा मात्र संक्रमित देखिएका छन् । यसबाट कोरोनाबाट तुलनात्मक रुपमा एसियाली मुलुकहरु प्रभावित बनेका छन् ।

aisa

एसियाली मुलुक एवं नेपालको छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाईरसका कारण विश्वभर हालसम्म २ लाख बढीको मृत्यु भइसकेको छ । जसका कारण युरोप र दक्षिण अमेरिकी मुलुकहरुमा धेरै मानिसहरुको ज्यान गएको छ ।

एसियामा हालसम्म संक्रमित ४ लाख ६० हजार पुगेका छन् भने युरोप र उत्तर अमेरिकी मुलुकमा मात्र २३ लाखको हाराहारीमा संक्रमित पुगिसकेका छन् ।

north america

दक्षिण अमेरिकमा १ लाख ३० हजार संक्रमित

 

त्यस्तै दक्षिण अमेरिकी मुलुकहरुमा हालसम्म १ लाख ३० हजारभन्दा बढी संक्रमित देखिएकोमा ब्राजिलमा मात्रै करिब ६० हजार देखिएको छ भने मृत्यु हुनेमा पनि करिब ६ हजारमा ४ हजारभन्दा बढी ब्राजिलमै रहेको छ ।

 

अफ्रिकामा ३१ हजार संक्रमित

 अफ्रिकामा भने हालम्म जम्मा ३१ हजारमा संक्रमण देखा परेकोमा करिब १ हजार ४ ले ज्यान गुमाएका छन् ।

 

विश्वभर २ लाख बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । वल्र्डोमिटरडटकमका अनुसार अहिलेसम्म मृतक संख्या २ लाख ३ हजार २ सय ५५ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ६९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै संक्रमितको संख्या २९ लाख १९ हजार ५ सय ५७ पुगेको छ । गत २४ घन्टामा मात्र ९० हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३५ हजार ४ सय १९ जना अमेरिकामा मात्र देखा परेका छन् । पछिल्ला दिनमा अमेरिकामा संक्रमितको संख्या एक्कासी बढ्दै गइरहेको छ भने युरोपेली मुलुकहरुमा भने केही घट्न थालेको तथ्यांक सार्वजनिक भएको छ ।

 

अमेरिकामा ५४ हजार बढीकाे मृत्यु 

हालसम्म अमेरिकामा ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ भने ९ लाख ६० हजार ६ सय ५१ जना संक्रमित भएका छन् । अमेरिकामा गत २४ घन्टामा २ हजार ६५ जनाको मृत्यु भएको छ ।

us_1

त्यस्तै इटालीमा हालसम्म २६ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २२ हजार ९ सय २ र फ्रान्समा २२ हजार ६ सय १४ को मृत्यु भइसकेको छ । पछिल्ला दिनमा यी देशहरुमा तुलनात्मक रुपमा मृत्युदर घटेको पाइएको छ ।

त्यस्तै बेलायतमा हालसम्म मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । पछिल्लो दिन ८ सय १३ जनाले ज्यान गुमाएपछि बेलायतमा हालसम्म २० हजार २ सय १९ जनाले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारतमा हालसम्म २६ हजार २ सय ८६ जना संक्रमित देखिएका छन् र ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।

Comments

Top