लकडाउनको समयमा अभिभावकले के-के सिक्ने ?

shalik

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात Covid -19 को संक्रमण नेपालमा पनि फैलिरहेको तपाईं हामी सबैलाई सर्बबिबिदै छ,यतिबेला सरकार ले लकडाउन को घोषणा गरेको पनि महिना दिन बितिसक्यो ।

तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अबस्था छ, हुनत उनिहरुले छोउन् पनि कसरी, आफ्नो गत वर्षको नतिजा प्रकाशन नभएको अबस्थामा के कुरा पढ्ने, कसरी पढ्ने पाठ्यक्रम के हो साथै उनिहरुलाई पढाईको कुरा गर्दा पढ्ने कुरा भन्दा पनि पढाइको मानसिकतामा नै फरक महशुस तपाईं हामी पाउन सक्छौ, ।

यो बिपदको बेला छरछिमेकमा हाम्रा अभिभाबकको दिनहुँ जसो आउने गुनासो हो, हामिले पटक-पटक सुनिरहने कुरा हुन्, हाम्रो बालबालिकालाई पढाईको महत्त्वको बारेमा भनिदिनु हुन, यो विषम परिस्थितिमा सबै अभिभाबकलाई चासो र गुनासोको बिषय बनेको छ ।

शैक्षिक सत्र सुरु हुने समयमै फैलियको यस महामारीबाट, विशेषत साना साना बालबालिकाको शैक्षिकलगायत सबै शिक्षण संस्थाहरु अस्तब्यस्त छन्, बिद्यालय बन्द छ,  बिद्यार्थीका अन्तरनिहित प्रतिभाहरु प्रस्फुटित हुन पाएका छैनन्, सरकारले लागु गतेको लकडाउन पुर्णरुपमा पालना गरेकोले तत्कालै शैक्षिक सस्थाहरु खुल्ने अबस्था छैन र देखिदैन पनि ।

बिद्यालय बन्द भएको हुनाले अभिभाबकले आफ्ना सन्ततिलाई त्यति पढाईको कुरामा दबाब दिएता पनि बालबलिकाले डेग नचलाएको अबस्था छ । बन्दको बेला शिक्षकले आफ्ना बिद्यार्थीप्रति समय दिन नसकेको कारण बिद्यार्थीको मानसिक बौध्दिक र सम्बेगात्मक बिकासमा प्रभाब नपर्ला भन्न सकिने अबस्था छैन ।

लामो समयसम्म बिद्यालय बन्द हुँदा प्रतिकुल अबस्था सृजना हुन सक्ने र यसको उपयुक्त बिकल्पको खोजी गर्ने कामहरु के के हुन सक्छन् भन्ने बिषयमा केन्द्रीत कुरा गर्न चाहान्छु । सर्बप्रथम त अघिल्लो बर्षको नतिजा रोकिएको हुनाले कसरी हामी त्यो नतिजा छिटो भन्दा छिटो प्रकाशन गर्न सक्छौ भन्ने तर्फ अगाडि बढ्न हामी जरुरि छ ।

नतिजा प्रकाशन गर्न हामी सामाजिक दुरि अपनाई साथै सम्भब हुने ठाउँमा अनलाईन साथै अभिभावकलाई टेलिफोन मार्फत जानकारी गराउन सकिन्छ । साथै अबको शैक्षिक सत्रलाई आबस्यक नयाँ पाठ्यपुस्तक नयाँ पाठ्यक्रम अनुसार समयमै छपाउन सकिन्छ । अनलाईन मार्फत नै बिद्यार्थीको नयाँ भर्ना आह्वान गरि नयाँ बिद्यार्थी भर्ना गर्न सकिन्छ ।  बिद्यार्थी भर्ना गरिसकेपछी, उनिहरुको दैनिक ब्यबहारमा फरक खालको उर्जावान मानसिकता आउँछ ।

अर्कोतर्फ सामजिक दुरि कायम गरि नयाँ पाठ्यपुस्तक बितरण प्रकृयामा पनि सहजता आउँछ, सुरक्षित रुपमा हामी पाठ्यपुस्तक बितरण गर्न सक्छौ ।  यसको लागि सम्बन्धित स्थानिय तहको सहयोग लिन सकिन्छ । नयाँ पाठ्यपुस्तक पाएपछी बिद्यार्थी को पढाईप्रती चासो र मनोबलमा एक्कसी वृद्धि हुनेछ ।

तुलनात्मक रुपमा केही न केही नयाँ जोस र जाँगर बिद्यार्थीमा पक्कै पनि आउनेछ, यसको लागि शिक्षक र बिद्यार्थीबिच आपसी विभिन्न संचारमाध्यममार्फत सम्पर्कमा रहने, नेपाल जस्तो बिकासोन्मुख देसमा अनलाईन शिक्षाको पहुँच पुर्णरुपमा नभएको कारण टेलिएजुकेशन पद्धतिलाई बैकल्पिक सिकाईको रुपमा प्रयोग गर्न सकिन्छ ।

बिद्यार्थीलाई पढाइभन्दा सिकाई बढी प्रभावकारी हुने भएकाले त्यसतर्फ अभिभावकलाई सिकाई माध्यम प्रयोग गरि आफ्ना बालबालिकालाई सामाजिक बन्न प्रेरित गरौ, यो बेलामा बालबालिकालाई आफ्नो काम आँफै गर्न लगाऔ, आफ्नो मातृभाषा र संस्कृतिको प्रयोगमा उत्प्रेरित गराऔ ।

धर्म, जाती साथै धार्मिक सहिसुणता साथै विभिन्न रहनसहन सिकाऔं । यो लकडाउनलाई "सांस्कारिक कक्षा" नामांकित गर्दै आफ्नो बाबुआमा नै बालबालिकाको पहिलो गुरु हुन् र घर पहिलो बिद्यालय हो भन्ने कुरा बुझाऔ । साथी आफ्नो नातागोताको आवश्यकता र समाजको रहनसहन सामाजिक परिस्थितिको महत्त्व बारे प्रकाश पारौ, मानिस एक सामजिक प्राणीको रुपमा आफ्नो जिम्मेवारि के के हुन्छ सिकाईदिउँ ।

पाठ्यक्रम मात्र हैन ब्यबहारिक जीवन सिकाउ, " बिज्ञानका सिद्धान्त र गणितका २/४ वटा साध्यहरु पढ्न पाएनन् भनेर उनिहरुको मनोबल गिराउने काम नगरौ" दर्जनौ ब्यबहारिक गणित सिकाऔ, लकडाउन खुलेपछी बिद्यार्थीहरु बिद्दालय आउने समयमा ब्यबहारिक परिक्ष्यमा "ए प्लस" मा उत्रिर्ण भएर बिद्यालय आउन, छोराछोरीले पढ्न पाएनन् भनेर चिन्ता लिनुपर्ने आवश्यकता छैन अब के गर्ने भनेर नसोच्नुस् ।

यस्ता हजार उपाय निस्कन्छन् जसको प्रयोगले हामिले आफ्ना बाबुनानीलाई बिश्वबिद्यालय तहमा दिईने भन्दा माथिल्लो ज्ञान घर मै दिन सक्छौ,  एउटा कुशल अभिभावक हुनुको नाताले हामिले यती गर्न त सक्छौ नि !

(लेखक रामपुर नगरपालिका, पाल्पाका खानेपानी तथा सरसफाई संयोजक हुन्)

Comments

Top