कोरोना नियन्त्रणपछि नेपालका लागि केही अवसर

DRS

यतिखेर सारा विश्व एकजुट भएर कोरोनाको महामारी विरुद्ध लडिरहेको छ। नेपालमा पनि कोरोनाको कहर नियन्त्रण गर्न बिगत एक महिना देखि लकडाउन जारी छ। अहिले प्रत्येक दिन कोरोना संक्रमित को संख्या बढिरहेको छ भने परीक्षणको तौरतरिकालाई लिएर विभिन्न सवालहरु उठिरहेका छन् । स्वास्थ्य सामग्री खरिदमा भएको व्यापक भ्रष्टाचारको खोजबिन गरिनुपर्ने, कोरोना टेष्टको मात्रा बढाएर मुलुकलाई कसरी सामाजिक, आर्थिक रुपमा संरक्षण गर्ने र कोरोनाले सृजित समस्या र यसबाट निस्कने अवसर बारे समिक्षा गर्नुपर्ने बेलामा सरकारले भने एकाएक संबैधानिक मुल्य बिपरीतका २ अध्यादेश किन ल्यायो र ७२ घण्टा नबित्दै फेरि किन फिर्ता भयो र यस बीचमा राज्यसंचालक नै खुल्लम् खुल्ला किन अपराधमा लागे ? यी प्रश्न गम्भिर रुपमा उठाइनुपर्छ । यस्तो विषम परिस्थितिमा यो देश र लोकतन्त्र घाती विधेयक किन आयो र गयो ? त्यो त पक्कै खुल्ला तर यदि अहिलेका प्रम केपी ओलीको संकल्प समृद्धि र बिकास हो भने कोरोनाको यो प्रकोप भित्र पनि समाज बद्ल्ने अवसर चाहिँ पक्कै छ है ।

मुलुकभित्र र खुला सीमा भएको भारतमा कोरोना भाइरसवाट संक्रमितको संख्या थपिदै जाँदा लकडाउन अझै कति लम्बिन्छ, यसै भन्न सकिने स्थिति छैन । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको यो महामारीले आज सम्पूर्ण विश्वजगत्लाई आक्रान्त बनाएको छ । यसै सन्र्दभमा नेपाल अछुत रहने कुरा पनि छैन् । नेपालका लागि कोरोना भाइरस रोकथाम गर्ने यथेष्ट समय मिलेको भएपनि गलत नीति र बुझाईका कारण आखिरकार यो संकट नेपाल प्रवेश भैछाड्यो र कोरोेना भाइरसको रोकथाम, नियन्त्रण गर्र्न भन्दै सरकारले गत चैत्र ११ गतेबाट लागु हुने गरी लगाएको लकडाउन आजसम्म कायम छ ।

यस अवधिमा मानवअधिकार हनन् हुने क्रियाकलापलाई राज्यले कडाइका साथ लागु गरेको छ । संविधानमा उल्लेखित मौलिक हकहरु कुण्ठित गरिएका छन् । कुनै पनि राज्यले मानिसको सम्मानपूर्वक वाच्न पाउने, खान पाउने, सुरक्षीत बस्न पाउने र स्वास्थ सेवामा पहुचको आधारभूत हकलाई लकडाउन (वन्दा–बन्दी) कोे नाममा कुण्ठित गर्न मिल्दैन । संकटकाल र लकडाउनको बुझाइ एकै हो जस्तो गरेर जुन गतिविधि भएको देखिन्छ यसले सरकारको असमन्जयसता प्रकट भएको छ । बाटोभरी लगातारको लकडाउन र सम्भावित भोकमरीको भय र अन्य समस्याका कारण हजारौं मानिस निकै कठिनका साथ लामो यात्रामा निस्केका छन् । मानवता नै कोक्काउने यस्ता चित्रहरु अन्तर्राष्ट्रिय रुपमा पनि पुगिसकेका छन् । यसले एकातिर अन्तर्राष्ट्रिय रुपमा हाम्रो छविमाथि सवाल खडा भएका छन् भने अर्कातर्फ सरकारको कार्यशैलीमा व्यापक जनविरोध देखिएको छ । यस्तो संवेदनशिल बिषयमा पनि सरकारी तवरबाट जुन उपेक्षा भयो यसलाई तुरुन्तै सच्चाउनु पर्दछ ।

 

अहिले विदेशिएका वा शहर पसेका युवाहरुले, सहर वा विदेश त सामान्य आवस्थामा मात्र पो रहेछ, अप्ठयारो पर्दा सहयोगका लागि त आफ्नै गाउँ र समाज चाहीने रहेछ, धन मात्रैले केहि नगर्ने अवस्था पनि आउदो रहेछ भन्ने कठोर आत्मसमिक्षा पक्कै गरेको हुनु पर्दछ विभिन्न देशमा रहेका नेपालीहरुले अहिले देश फर्कन इच्छा देखाउनाले उनिहरुले यो आत्मसमिक्षा गरेको बुझन सकिन्छ ।

 

भूकम्पपछिको पूननिर्माणका लागि काठमाडौं, ललितपुर, भक्तपुर र अन्य सहर पुगेका मजदुरहरु यतिबेला चरम चपेटामा परेका छन, तीन साता लामोे लकडाउनलाई जेन–तेन दुई छाक टार्न सकेका उनीहरु लकडाउनको अनिश्चितताबीच मुख्य राजमार्ग हँुदै आ–आफ्नो घर गाउँ पैदलयात्राको क्रममा छन् । विपन्न, सीमान्तकृत, दैनिक ज्यालादारी गर्ने मजदुरहरुले खाद्यानको अभाव झेलिरहेका छन । उनीहरुले सरकारद्वारा घोषित राहत पाएका छैनन् र पाउनेलाई पनि अपुग नै छ । लकडाउनका कारण धेरै नागरिकको स्वास्थ्य, खाद्य, सुरक्षा र बासको अधिकार खोसिएको छ । लकडाउनले दिर्घकालिन रुपमा पार्र्ने समस्या र चुनौती त छदै छ, तत्कालै आमनागरिकको जीवन निर्वाहसंग जोडिन पुगेका अनेक समस्यावारे सरकारले नसुने जस्तै गरेको छ । नियमित स्वास्थ्य परिक्षण प्रभावित हुदा दिद्र्यरोगका विरामीहरु, वृद्घा र वालवालीका यसको मारमा परेका छन । नेपालको विकास र समृद्धिका यि असली सारथीलाई संकटको यस घडिमा राज्यले उचित सम्बोधन गर्न सकेन् भने यसले निम्त्याउने चुनौती भयावह हुन सक्छ ।

विश्वशक्ति राष्ट्रहरुमा यस कोरोना भाइरसलाई लिएर बेला–बेलामा वाकयुद्घ र एक–अर्कालाई होच्याउने र कोरोना भाइरससँग जोडेर लान्छना लगाएका घटनाहरु नौला छैनन् । केहि जानकारहरुलाई आधार मान्दा यस माहामारीपछि चीन विश्वशक्तिको रुपमा उदय हुने आकंलन गरिएको छ । यद्यपी यो विषयमा अहिले नै कुनै निष्कर्ष निकाल्नु हतार पनि हुनसक्छ ।

यो कोरोना भाइरसको माहामारीलाई लिएर कुनै एक सम्प्रदायलाई निशानामा राखेर, कोरोना भाइरस फैलाउने समुदाय भनेर घृणायुक्त संदेश प्रबाह गरी उनीहरुलाई भौतिक एवम मानसिक दवाब दिइएको पुष्टि भारतका मुसलमानहरु माथि आक्रमण भएका घटनाहरु बाट प्रमाणित हुन्छ । भारतको दिल्लीमा लकडाउन अगाडी नै भएको तवलीगी जमातको एक कार्यक्रमलाई भारतमा कोरोना भाइरस तीव्र रुपमा बढनुको एक प्रमुख कारण मानिदै आएको छ । यसै घटनालाई आधार बनाएर केहि समय पहिला भारतीय समाचार संस्था एवम टेलिभिजनहरुले नेपालका मुसलमानहरुलाई जोडेर भारतमा सुनियोजित रुपमा कोरोना फैलाएको प्रचार वाजी गरिएको थियो । जबकी स्वयं भारतका प्रधानमन्त्रीले भनेका छन् यो महामारीविरुद्ध लड्न सबै एक भएर जानु जरुरी छ र यो जाती विशेषको समस्या नभै सम्पूर्ण मानवजगतका लागि कठिन चुनौती हो । नेपालमा पनि यस घटनाका केही बाछिटा देखिंदैछन् । केही गैरजिम्मेवार तत्वले यसमा रंग भर्न खोजेका छन् । धार्मिक अतिबादले खेल्न चाहेको यो विषयलाई सरकारले समयमै नियन्त्रण गर्नुपर्दछ ।

कोरोना भाइरस पछाडीको विश्व व्यवस्थाको अवस्था र आन्तरिक अवसरको रुपमा कोरोना र यसका आयामबारे पनि अब विर्मश खोलिनुपर्छ । यस माहामारीले राष्ट्रिय रुपमा पर्न सक्ने प्रभाव, सुरक्षा चुनौती र अन्य सामाजिक, आर्थिक, राजनीतिक चुनौतीको सुक्ष्म अध्ययन आवश्यक देखिन्छ । यसको लागि तत्काल राष्ट्रिय सुरक्षा परिषदको संचालन संविधान अनुरुप गर्न, अध्ययन अनुसन्धान र समय अनुकुल सुरक्षा नीतिको तर्जुमा गर्न अब ढिला गर्नु हुँदैन । यसैगरी राष्ट्रिय योजना आयोग र नेपाल सरकार मातहतका सम्पूर्ण मन्त्रालय, विभाग आदिले देश सुहाँउदो नीति निर्माण गरि यसलाई स्थानीय सरकार केन्द्रित बनाउनुको पनि विकल्प छैन । साना तथा मझौल व्यवसाय र प्रविधि मैत्री कृषिमा युवाहरुको सहभागितामा केन्द्रित विकासको ढाँचा अब तीनवटै तहले निर्माण गरि, प्रत्येक गाउँपालिकाहरुलाई जिम्मेवार बनाएर नआउने हो भने “पोस्ट कोभिड”मा खाद्य संकटको सामना गर्न सरकारले ठुलो मुल्य चुकाउन पर्ने हुन्छ । आज हामीले आफुलाई कृषिप्रधान देश भन्दै गर्दा पनि अरबौको खाद्यन्न आयात गर्देछौं । यो तितो तर सत्यतथ्यलाई स्वीकार गरौं र अब यसलाई रोक्न अगाडी बढौं ।

अबको दिनमा उत्पादनमुलक कार्यमा सम्पूर्ण नागरिकलाई आर्कषित गरि सरकारले आथिक, प्राविधिक प्याकेज सहितको समय अनुकुल नीति वनाउनु पर्छ र नागरिकहरुमा पनि आत्मनिर्भर बन्ने सोच विकसित गरिनुपर्छ । अहिलेको परिस्थितिमा घर बाहिर रहेर काम गरिरहेका अधिकांश नेपालीहरुले आज सहर र विदेशवाट जुन हालतमा फर्कनुपरेको छ, त्यसको केही न केही आत्मसमीक्षा पनि गरेर फर्केको अवस्था छ । यदि सरकारले बेलैमा यस्ता उर्जाशिल युवालाई केन्द्रित गरी नीति निर्माण गरेर देशमा नै गरिखाने माहोल निर्माण गरेमा, अबको समय नेपालको लागी सहज हुने देखिन्छ र यो असम्भव पनि छैन् । अहिले विदेशिएका वा शहर पसेका युवाहरुले, सहर वा विदेश त सामान्य आवस्थामा मात्र पो रहेछ, अप्ठयारो पर्दा सहयोगका लागि त आफ्नै गाउँ र समाज चाहीने रहेछ, धन मात्रैले केहि नगर्ने अवस्था पनि आउदो रहेछ भन्ने कठोर आत्मसमिक्षा पक्कै गरेको हुनु पर्दछ विभिन्न देशमा रहेका नेपालीहरुले अहिले देश फर्कन इच्छा देखाउनाले उनिहरुले यो आत्मसमिक्षा गरेको बुझन सकिन्छ ।

“आफ्नो गाउँ आफै वनाउ”, “गाउँफर्क अभियान” आदि गाउँ समाज केन्द्रित कार्यक्रमहरु सरकारले हचुवाको भरमा त्यसै पक्कै ल्याएको होइन । यस्ता र यस्तै अन्य गाउँपालिका केन्द्रित नविन कार्यक्रमहरु अब नेपालले अवलम्बन गर्नुपर्ने अवसर कोरोना भाइरसले जुराइदिएको छ । यसका साथै विदेशमा विज्ञान र प्रविधि पढेका र सक्षम जनशक्तिको उचित सम्मान गर्दै तिनलाई नेपाल फर्कन प्रेरित गर्न सकियो भने कोरोना संकट पछि नेपालको मुहार बद्लिन सक्छ । संसारको कुनै पनि देशको भविष्य तबसम्म बदलिएको छैन जबसम्म त्यस देशका युवाले बदलिने संकल्प गरेका छैनन् ।

माथी उल्लेखित बिषयको सम्बोधनका लागि सरकारले सार्थक कार्यक्रम बनाउन सक्यो र चुस्त कार्यन्वयन हुन सक्यो भने नेपालको भविष्य उज्ज्वल छ । मानवअधिकार, लोकतन्त्र, समता र शासकीय सक्षमता नै सफलताका प्रमुख सुचक हुन् । आजको शासकीय शैलीमा व्यापक सुधार गर्ने हो भने अहिलेको चुनौती नेपालका लागि एक गतिशिल अवसर हुनसक्छ ।

Comments

Top