बलिउड अभिनेता इरफान खानको निधन

irfan

 

मुुम्बई । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन अस्पतालमा बुधबार बिहान उनको ५४ वर्षको उमेरमा निधन भएको जनाइएको छ ।

उनी पेटको एक किसिमको क्यान्सर रोगबाट पीडित थिए । उनलाइ न्यूरो इन्डाेक्राइन ट्युमर नामको रोग लागेको जनाइएको छ । यसअघि मंगलबार साँझ आईसीयूमा सारिएको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित