नेपालगञ्जमा थप ६ मा संक्रमण, नेपालमा ७५ पुग्यो

Mynews_1

 

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

नेपालगञ्जमा संकलन गरिएको स्वाबहरूको परिक्षण गर्ने क्रम जारी रहेकोले संक्रमितको संख्या बढ्न सक्ने जनाइएको छ । 

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । त्यस्तै वीरगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । त्यससँगै अाजमात्रै १६ जनामा संक्रमण देखिएको छ । यससँगै नेपालभर संक्रमितको संख्या ७५ पुग्यो ।

 

Comments

Top