यसरी कोरोना आउँदैन रे बजारमा ... !

sanitize

 

काठमाडौं । एक ७/८ वर्षकी देखिने बालिका बिना मास्क हिँड्दैछिन् । ३ जना पीपीइ लगाएका मानिसहरु उभिइरहेका छन् । ती मध्ये २ जनाले स्यानिटाइज गर्ने नाममा मास्क बिनाकी युवतीलाई ‘कोरोना भाइरस मार्ने’ नामक औषधी छर्किरहेका छन् । सँगै छन् केही बुद्धिजीवी भनाउँदा मानिस र सुरक्षाका लागि खटिएका केही प्रहरी ।

balika

त्यही बीचमा अर्की एक युवती पनि आउँछिन्, उनलाई आँखा चिम्म गरेर दुईवटा हात माथि उठाउन पठाइन्छ । केही बुद्धिजीवीहरु कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा मानिसहरुलाई डाइरेक्ट औषधी छर्किरहेका छन् ।

balika-1

यो विधिले कोरोनाको जोखिम कम गर्नमा कत्तिको सहयोग गर्ने हो ? त्यो त त्यससँग विज्ञहरुलाई नै थाहा होला, तर डाइरेक्ट खुल्ला आँखा, मुखमा हिँडेका मानिसहरुलाई यसरी छर्किदिँदा कस्तो असर पर्ला ? संक्रमण जोखिम नियन्त्रण गर्ने क्रममा अर्को दुर्घटना नघटोस्, समयमै सचेत बन्ने कोसिस गरौं ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...

(भिडियो फुटेज सामाजिक सञ्जालबाट लिइएको हो)

 

Comments

Top